पूर्वराजाले यसवर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने, देखाए यस्तो कारण

Thankot Times

थानकोट ।

राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने भएका छन् ।

पूर्वराजा शाहले आइतबार जारी गरेको दशैंको शुभकामना सन्देशमा यसपटक टीका नलगाइदिने उल्लेख छ ।

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले परिवार र सांस्कृतिक रूपमा मात्र यो पर्व मनाउन हामी बाध्य छौं,’ शाहले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा आमशुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट बृहत् रूपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं ।’

पूर्वराजा शाहले भूजारजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माणमा लाग्न समेत आह्वान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *