जेन-जी आन्दाेलनका घाइतेहरूलाई परिचयपत्र वितरण शुरू

Thankot Times

थानकोट ।

सरकारले जेन-जी युवा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ ।

यही परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरूले सहज उपचार पाउने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्री ओमप्रकाश अर्यालले आइतबार महांकालस्थानस्थित ट्रमा सेन्टरमा गएर घाइतेहरूलाई परिचयपत्र वितरण शुरू गरेका हुन् ।  आजदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिचयपत्र बाँड्न शुरू हुनेछ ।

यस्तै सरकारले जेन-जी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड ‘जेन–जी क्लिनिक’ स्थापना गरेको छ ।

साथै, जेन-जी आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्थासमेत मिलाएको मन्त्रालयले जनाएको छ । घाइतेहरूको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा कार्यदल गठन हुनेछ ।

एक पटक उपचार गरी पटक-पटक फलोअपमा जानुपर्ने घाइतेहरूका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *