बिहानै दुःखद खबर, काठमाडाैं भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
थानकोट ।
काठमाडाैंको काष्ठमण्डपनजिकै सोमबार बिहान आगलागी भएको छ ।
बिहान करिब ३ बजेदेखि सुरु भएको आगलागीले तीनवटा घर र एक मन्दिरमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीसमेत परिचालन भई आगो निभाउने कार्य भइरहेको छ ।
आगो कपडाको गोदामबाट सुरु भएको अनुमान गरिएको छ ।

















