जीवित देवी कुमारीको हातबाट सर्वसाधारणले दशमीको टीका लगाउन पाउने

Thankot Times

थानकोट ।

कुमारी आर्यताराबाट सर्वसाधारणले दशमीमा टीका लगाउन पाउने भएका छन् ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।

नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ ।

गएराति कालरात्रिमा समेत पशु बलि दिइएको हो ।

यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ