नयाँ बानेश्वरमा जीप र मोटरसाइकल ठक्कर खाँदा बालकृष्णले ज्यान गुमाए

थानकोट ।

काठमाडौंको नयाँ बानेश्वरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

यातायात व्यवस्था विभाग मीनभवनस्थित सडकखण्डमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बीएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गएराति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *