‘जेनजी आन्दाेलनमा ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस् सजाय भोग्न तयार छु’- बस्नेत

Thankot Times

थानकोट ।

अभिनेता निश्चल बस्नेतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा कहीँकतै ढुङ्गा हानेको,आगजनी गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अभिनेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले कतै पनि ढुङ्गा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु ।

प्रमाण खोज्दा म ढुङ्गा हान्दै थिए कि रोक्दै थिए स्पष्ट हुन्छ, त्यसैले कृपया म माथि छानबिन गर्न आग्रह गर्दछु ।’  उनले आफू भ्रष्टाचारको विरोध गर्न आन्दोलनमा गएको समेत बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *