नागढुङ्गा नाकाबाट समातिए ३३ वर्षीय युवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्रामसहित रोल्पा गङ्गादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुपप्र०१-००१ ख ३६८४ नम्बरको बसमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, झापाको बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय श्यामलाल ताजपुरियालाई प्रहरीले आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ