चन्द्रागिरि नगरपालिकाबाट ८५० सिलिण्डर ग्यास बिक्री, भएन कसैको हात खाली !
थानकोट ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा आइतबार चन्द्रागिरि नगरपालिकाको कार्यालय परिसरबाट विभिन्न कम्पनीका ८५० सिलिण्डर ग्यास बिक्री भएको छ ।
पछिल्लो समय खाना पकाउने ग्यासको अभाव सृजना भइरहेको सन्दर्भमा सम्बन्धित ग्यास कम्पनीहरूले सो परिमाणको ग्यास वितरण गरेका हुन् । चन्द्रागिरि नगरमा नेपाल आयल निगमले लोकप्रिय, एचपी, नेपाल र श्रीमाया ग्यास बिक्री गर्न शनिबार साँझ सूचना जारी गरेको थियो ।
चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष एवं लोकप्रिय ग्यासका सञ्चालक कृष्णभक्त महर्जनका अनुसार आज चन्द्रागिरि नगरबाट एचपी ब्राण्डका ३२० सिलिण्डर, नेपाल ब्राण्डका २४० सिलिण्डर, लोकप्रिय ब्राण्डका १५० सिलिण्डर र श्रीमाया ब्राण्डका १४० सिलिण्डर बिक्री भएका हुन् ।
उनका अनुसार नगरपालिका परिसरमा ग्यास लिन पुगेका सबै उपभोक्ताहरूलाई व्यवस्थित रूपमा ग्यास उपलब्ध गराइएको थियो ।
अपरान्हपछि यहाँ भारी वर्षा भएपनि उपभोक्ताहरू निस्फिक्री ग्यास खरिदमा तल्लिन देखिन्थे । अभावका बीच जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, सम्बन्धित ग्यास कम्पनी र चन्द्रागिरि नगरले ग्यास बिक्री कक्ष सञ्चालन गरेकोमा उनीहरूले प्रसन्नता व्यक्त गरेका थिए ।
बिहान ११ बजेदेखि नगरमा ग्यास बिक्री हुने सूचना पाएका नागरिकहरू बिहान ७ बजे नै खाली सिलिण्डर बोकेर नगरपालिकाको प्रवेशद्वारमा पुगेका थिए ।
सम्बन्धित तस्बिर तथा भिडियो हेराैं












Saibaba ko gas kahile paaienchha hola