सुनको मूल्यमा आजपनि गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।

अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *