सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेको छ ।

एक तोला सुन खरिदको लागि दुई लाख ७९ हजार १०० रुपैयाँ खर्चिनुपर्ने महासंघले जनाएको छ ।

बिहीबार तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार १८० रुपैयाँमा झरेको छ ।

बिहीबार चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *