नेकपा (एमाले)को सचिवालय बैठक कात्तिक १५ गते बस्ने
थानकोट ।
नेकपा (एमाले)को सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको छ ।
बैठकबाट पार्टीको ११औँ महाधिवेशनसँग सम्बन्धित तालिका तय गर्ने जनाइएको छ ।
बैठक भक्तपुरको गुन्डुमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकबाट महाधिवेशनको तालिका ल्याइने उनले बताए ।
गएको असोज २९ देखि ३१ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट ११औँ महाधिवेशन आउँदो मंसिर २७-२९ सम्म पोखरामा गर्ने निर्णय गरिएको थियो ।
सचिवालय बैठकबाट प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने तयारी छ ।












