नयाँ पार्टी गठन गर्ने झलनाथ खनालको घोषणा

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्ने निर्णयप्रति आपत्ति जनाएको छन्। बैठकको निर्णयपछि अब आफूहरू नयाँ ढंगले अघि बढ्ने बताए।

उनले भने, ‘हामीलाई बोल्न दिइएन, एकतर्फी निर्णय गरियो, मैले ३० बुँदाको फरक मत राखेको छु। तर सर्वसम्मत भनेर झुट कुरा प्रचार गरियो।’

उनले अब आफूहरू नयाँ पार्टी बनाएर अघि बढ्ने बताए। उनले भने, ‘उहाँहरू माओवादीसँग जाने भएपछि कानुनी रूपमा मिले यही पार्टी अघि बढाउँछौँ नमिले नयाँ पार्टी बनाउँछौ।

माओवादीसँग एकताको विपक्षमा करिब १ सयभन्दा धेरै नेताहरू रहेको दाबी गरे। उनले तत्काल अरू कुनै पार्टीमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारे।’

उनले अध्यक्ष माधव नेपालले तानाशाही व्यवहार देखाएको आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *