नेकपा एमाले सचिवालय बैठक जारी

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा जारी छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ ।

आजको बैठकमा आगामी ११ओैँ राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताए । एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११ओैँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यस्तै आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *