रास्वपाका विभिन्न केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर (सूचीसहित)

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकेको छ।

अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत रहेको प्रवक्ता मनिष झाले बताए। बैठकले रामप्रसाद भट्टराईलार्ए केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी दिएको छ। उनी नेपाल स्काउट पूर्व निर्देशक हुन्। केन्द्रीय प्रशिक्षण विभाग सदस्यमा डा. कृष्णमान शाक्य चयन भएका छन्। उनी जनस्वास्थ्य विज्ञ हुन्।  सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको प्रवक्ता झाले बताए। केन्द्रीय शिक्षा विभाग सदस्यमा तोयानारायण पौडेल मनोनीत भएका छन्। उनी ह्वाइट हाउस कलेजका प्राचार्य हुन्।

बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभागको उपप्रमुख तोकिएका छन्। उनी व्यवस्थापन विज्ञ हुन्। पार्थीवेन्द्र उपाध्याय केन्द्रीय शिक्षा विभाग सदस्य मनोनीत भएका छन्। रास्वपाले ज्ञानु पौडेललाई केन्द्रीय महिला विभाग सदस्य तोकेको छ। अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभागको उपप्रमुख चयन गरिएको झाले बताए। मनिराम घिमिरेलाई केन्द्रीय शिक्षा विभागको सदस्य,

कल्पना पाण्डेलाई केन्द्रीय महिलाको विभाग सदस्य,  ज्ञानेन्द्र महता लाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव तोकिएको झाले बताए। त्यस्तै प्रमिलाकुमारी सिंहलाई नीति विचार विभागको सदस्य बनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *