१ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिए

Thankot Times

थानकोट

१ लाख ३६ हजार ६० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

गत असोज १० गतेदेखि आयोगले  कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ ।

जसअनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए   । उनका अनुसार बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

ती मध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् ।

‘अन्य’ दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् ।

यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ । ‘अन्य’ १८ जना पुगेको आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *