नेकपा एमालेको ११औँ महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने

Thankot Times

थानकोट ।

एमालेले ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमालेले दसौँ महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन नै प्रयोग गरेको थियो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व छनोटलाई छिटो, छरितो र प्रभावकारी बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको र त्यसका लागि टेन्डर प्रक्रिया सकेर छनोट प्रक्रिया सुरु भएको छ । ‘नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने टुंगोमा पुगेका छौँ, त्यसका लागि टेन्डर आह्वान गरेर कम्पनी छनोट गर्दै छौँ,’ ज्ञवालीले भने ।

एमाले महाधिवेशनका प्रतिनिधि संख्या बढेको छ । २२ सयहाराहारी प्रतिनिधि अनुमान गरिएकोमा अन्तिम संख्या यकिन हुँदा २२ सय ५० देखि २२ सय ७५ सम्म पुग्न सक्ने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले बताए ।

एमालेले १२ सय सदस्यबराबर महिला र ४० वर्षमुनिका एक युवासहित चार प्रतिनिधि छनोट हुने मापदण्ड तोकेको थियो । तर, पछिल्लो सचिवालय बैठकले शेष बाँकी आठ सय सदस्यमाथि रहेको अवस्थामा थप एकजना महिला प्रतिनिधि अनिवार्य गरेसँगै संख्या बढेको अधिकारीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *