प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवार छनोटको तालिका

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियाको विस्तृत समयतालिका (टाइमलाइन) सार्वजनिक गरेको छ।

पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास स्वरूप उम्मेदवार छनोटका लागि पुस ३ गतेदेखि १४ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको तालिका अनुसार प्रक्रियाको सुरुवात पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशनबाट हुनेछ।

पुस ३ गते प्रारम्भिक नामावली सार्वजनिक भएपछि सोही दिन र पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको छ।

प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग छलफल गरिने र त्यसलगत्तै अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ