एमाले महाधिवेशन: मतदान समय अहिले साँझ ७ देखि भोलि बिहान १ बजेसम्म

Thankot Times

थानकोट ।

नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ।

पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।

मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ ।

यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ।

स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ ।

सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *