बल्खुस्थित टिकट काउन्टरमा कार्यरत थानकोटका एकसहित ७ जना कर्मचारीको हर्कत बाहिरिएपछि….

Thankot Times

थानकोट ।

लागुपदार्थ सेवनकाे आराेपमा टिकट काउन्टरका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडाैँ महानगरपालिका १४ बल्खुस्थित सुमो तथा ई.भी. भ्यानको टिकट काउन्टरहरुमा कार्यरत कर्मचारीहरूले लागुपदार्थ सेवन गरी यात्रुहरू तथा पैदल यात्रीहरूलाई समेत दुःख हैरानी दिने गरेको भन्ने गुनासोको आधारमा आइतबार सात जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडाैँका सूचना अधिकारी पवन भट्टराईले बताए ।

उनका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगंजबाट आवश्यक प्राविधिक ल्याव टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणको क्रममा टिकट काउन्टरका सात जना कर्मचारीहरूले लागुपदार्थ सेवन गरेकाे पाइएकाे थियाे ।

उनीहरूलाई काठमाडाैँ जिल्ला अदालतबाट लागुपदार्थ सेवन कसुरमा दिन ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा बसन्त कुमार यादव, साजन गुरुङ, पारस गुरुङ,अनुप गुरुङ, बिक्कि श्रेष्ठ, अर्जुन भण्डारी र अस्मिन लामिछाने रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *