नेकपा एमालेले तोक्यो प्रदेश संयोजनको जिम्मेवारी, बागमतीमा महेश बस्नेत

Thankot Times

थानकोट ।

नेकपा एमाले सचिवालय बैठकले सात वटा प्रदेशमा प्रदेश तथा निर्वाचनसँग सम्बन्धित अन्य काममा संयोजन गर्न जिम्मेवारी तोकेको छ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार मंगलबारको सचिवालय बैठकले कोशी प्रदेशको संयोजनको जिम्मा शेरधन राईलाई दिएको छ।

मधेस प्रदेशको संयोजन लीलानाथ श्रेष्ठ र बागमती प्रदेशको संयोजनको जिम्मा महेश बस्नेतलाई दिएको छ।

त्यस्तै, नवगठित प्रदेश राजधानी प्रदेश संयोजनको जिम्मा राजन भट्टराईलाई दिएको छ।

गण्डकी प्रदेश संयोजनको जिम्म खगराज अधिकारी र कर्णाली प्रदेश संयोजनको जिम्म यामलाल कँडेललाई दिइएको छ।

सुदूरपश्चिम प्रदेश संयोजनको जिम्म गणेश ठगुन्नाले पाएका छन्।

संगठन विभागको जिम्मा भानुभक्त ढकालले पाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *