फिफा विश्वकप २०२६: आ-आफ्ना खेल जित्दै स्वीट्जरल्यान्ड र अर्जेन्टिना क्वार्टरफाइनलमा
थानकोट ।
कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
स्विट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे । त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बहिरियो ।
प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो । यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ ।
अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।
मंगलबार राति भएको अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गरेर अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलमार्फत इजिप्टले सुरुवाती अग्रता कायम गरेको थियो । त्यसपछि पहिलो हाफमा कुनै पनि गोल भएन । भने, ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल गरेपछि इजिप्टले अग्रता दोब्बर गरेको थियो ।
तर, अन्तिम समयमा आएर जर्जेन्टिनाले उत्कष्ट प्रदर्शन गर्यो । जसमा ७९औँ मिनेटमा क्रिस्चियन रोमेरोले पहिलो गोल गरे भने त्यसको ९० मिनेटपछि कप्तान लियोनल मेस्सीले दोस्रो गोल गरे ।
बराबरीमा पुगेको खेलको इन्जुरी समयमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्णायक गोल गरे ।
अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।









