नेकपा एमालेको प्रचार विभाग प्रमुखमा मीनबहादुर शाही चयन
थानकोट ।
नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् ।
सो पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कालीकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् ।
शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रसारक संघको दुई कार्यकाल अध्यक्ष भएका थिए । शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष छन् ।
शाही ११औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका थिए ।














