शुक्रबार दिउँसोका लागि प्रस्तावित नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगन गरिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

शुक्रबार (पुस २५) दिउँसो १ बजेका निम्ति निर्धारित पत्रकार सम्मेलन स्थगन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“नेपाली कांग्रेसद्वारा आज २०८२ पौष २५ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइन्छ,” पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको तयारी छ । विशेष महाधिवेशनबाट उनीहरू पछाडि नहटेपछि कांग्रेसमा तनाव चुलिएको छ ।

कांग्रेस संस्थापन भने विशेष महाधिवेशनको विपक्षमा छ । हालको अवस्थामा विशेष महाधिवेशन पार्टीको हितमा नरहेको कांग्रेस संस्थापनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *