चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै चनाखो हुनुपर्छ : प्रधानमन्त्री कार्की

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन् ।

शुक्रबार (माघ २) बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्न आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् । अब इमान्दार नेतृत्व आउनुपर्ने र युवाको भावनाअनुसार शासन चल्नुपर्ने उनको भनाइ छ ।

भेटका क्रममा घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको थियो ।

साथै घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।-  हिमालयन टेलिभ्वाइस

तस्बिरः रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ