निवर्तमान सांसद् अमरेशकुमार सिंह रास्वपा प्रवेश गर्दै
थानकोट ।
पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गर्ने भएका छन्।
माघ ५ गते आफू रास्वपामा प्रवेश गर्ने सिंहले फेसबुकमा लेखेका छन्।
‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ सिंहले लेखेका छन्, ‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ।’














