राष्ट्रपति पौडेल माघ १८ मा जापान जाने

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् ।

उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ