महिला टी-ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टामा, घरेलु टोली इंग्ल्याण्ड ७ विकेटले पराजित

Thankot Times

थानकोट ।

महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।

इङ्ल्यान्डको लड्र्समा हिजो राति भएको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ७ औँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

इङ्ल्यान्डले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर १ बलमै ३ विकेट गुमाएर पूरा गरेकाे थियो ।

अष्ट्रेलियाका लागि मुनीले ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन् । लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन् ।

त्यसअघि अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । कप्तान न्याट साइभर–ब्रन्ट ५८ रनमा अविजित रहिन् ।

फ्रेया केम्पले अविजित ४४ रन जोडिन् । लुसी ह्यामिल्टनले ४ ओभरमा १९ रन मात्र खर्चिएर १ विकेट लिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *