प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै नेकपा एमाले

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ।

पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए।

‘हाल हामी जनवर्गीय सङ्गठनलगायत धेरैजसो क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्र लेखनको काम गरिरहेका छौँ,’ उनले भने, ‘केही छुटेका क्षेत्रबाट सुझाव सङ्कलन गरेर हामीले घोषणा पत्रको अन्तिम मस्यौदा बनाउने छौँ।’

प्रचार संयोजक शाहीका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव सङ्कलन गरिसकेको छ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ।

कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ