प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ः कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ?
थानकोट ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको निर्वाचन आयोगले जनाएको छ ।
मंगलबार (माघ २०) आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता छन् । रामेछाप एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।
त्यसपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता छन् । अर्घाखाँची पनि एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।
सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका आयोगले जनाएको छ ।
मनाङमा पनि एउटा मात्र निर्वाचन क्षेत्र छ ।
कुन निर्वाचन क्षेत्रमा कति छन मतदाता ? सूची हर्न यहाँ क्लिक गराैं
प्रतिनिधि तस्बिर
















