समानुपातिकतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशित, चन्द्रागिरिका प्रभुरामसहित यी नामपनि सूचीमा
थानकोट ।
निर्वाचन आयोगले प्रतिनिभिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।
मंगलबार (माघ २०) आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको समानुपातिकतर्फको उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको हो ।
उमेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उमेदवार रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगका अनुसार, प्रकाशित बन्दसूचीमा १७७२ महिला र १३६३ पुरुष उमेदवार रहेका छन् ।
यसअघि आयोगले सोमबार समानुपातिकतर्फका ७६ उमेदवारको नाम बन्दसूचीबाट हटाएको थियो ।
















