काठमाडाैंमा रास्वपाको ‘घण्टी अभिवादन’ कार्यक्रम सुरु, अपरान्ह सतुङ्गल आइपुग्ने (रुट र समयसहित)

Thankot Times

थगानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज फागुन १६ गते शनिबार काठमाडौं उपत्यकाव्यापी ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेको छ । 

उपत्यकाका तीनै जिल्लाका मुख्य-मुख्य बस्ती र चोकहरू समेट्ने गरी पार्टीले बृहत् र्‍याली र जनसम्पर्क अभियानको कार्यतालिका सार्वजनिक भएको थियो ।

सार्वजनिक कार्यतालिका अनुसार यो अभियान अघि बिहान ६:३० बजे पशुपतिनाथ क्षेत्रबाट सुरु भएको छ । 

उपत्यकाका विभिन्न ७० वटा गन्तव्यहरू पार गर्दै सोही दिन साँझ ६:३० बजे वनस्थली चोकस्थित रास्वपा केन्द्रीय कार्यालय (घण्टी घर) मा पुगेर कार्यक्रम समापन हुनेछ ।

रास्वपाले सार्वजनिक गरेको रुट म्यापमा प्रमुख स्थानहरूको समयसमेत निर्धारण गरिएको छ:
बिहान ६:३० बजे: पशुपतिनाथ (प्रस्थान)
बिहान ८:१५ बजे: सानोठिमी
बिहान १०:१५ बजे: गुण्डु
दिउँसो १२:३० बजे: बुङमती/खोकाना
दिउँसो १:०० बजे: पुल्चोक (खाना ब्रेक)
दिउँसो २:०० बजे: कालिमाटी
दिउँसो ३:३० बजे: सीतापाइला
साँझ ५:१५ बजे: मैतीदेवी
साँझ ६:०० बजे: ठमेल
साँझ ६:३० बजे: वनस्थली चोक (समापन)

यो रोडशो चाबहिल, जोरपाटी, सुन्दरीजल, साँखु, पेप्सीकोला, सूर्यविनायक, जगाति, ठिमी, लुभु, टीकाथली, गोदावरी रुटको सुनाकोठी, भैंसेपाटी, लगनखेल, मंगलबजार, बल्खु, कीर्तिपुर, चन्द्रागिरी, कलंकी, बालाजु, बुढानीलकण्ठ, कपन, महाराजगञ्ज, बालुवाटार, न्यूरोड र सामाखुसी लगायत ठाउँमा हुनेछ ।

रास्वपाले आफ्ना समर्थक तथा शुभचिन्तकहरूलाई आफूलाई पायक पर्ने स्थानमा मात्र उपस्थित भई अभिवादन आदानप्रदान गर्न अनुरोध गरेको छ । साथै, कार्यक्रमका क्रममा सवारी आवागमनमा बाधा नपुगोस् भन्नका लागि अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न र गराउन समेत पार्टीले विशेष अपिल गरेको छ ।

पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूको उपस्थिति यो कार्यक्रम आयोजना हुँदैछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ