रास्वपाले भन्यो : ‘निर्वाचन परिणामले जेन जेड पुस्ताको सुशासनको आकांक्षालाई सम्बोधन गर्ने विश्वास छ’

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार सम्पन्न निर्वाचनले जेन जेड पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास लिएको जनाएको छ।

पार्टी सभापति रवि लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै चौतर्फी चुनौतीका बाबजुद आजको ऐतिहासिक प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, नेपाल सरकारका सम्पूर्ण निकायहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायहरू, सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी–बहिनीहरूप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ