४७ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी, काठमाडाैंका सबै १० सहित ३७ क्षेत्रमा रास्वपा अगाडि
थानकोट ।
हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ ।
मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ३७ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेकपाले २ क्षेत्रमा अग्रता लिएका छन् ।
काठमाडाैं जिल्लाका सबै १० वटै क्षेत्रमा घण्टी चिन्हका उमेदवारले अग्रता बनाएका छन् ।
तस्बिरः रासस
काठमाडाैं क्षेत्र नंं १० मा १६% मतगणना हुँदा रास्वपा निकै अगाडी, काँग्रेस दोश्रो, राप्रपा तेस्रो















