प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: नेकपाले खोल्यो जितको खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।
आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।
यस्तै एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यससँगै नेकपाले जितको खाता खोलेको छ ।















