काठमाडाैं १० मा १४ हजार मतगणना हुन बाँकी, रास्वपाका विष्टलाई २१ हजार मतान्तर

Thankot Times

थानकोट ।

काठमाडौं क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्टले २१७६६ हजार मतले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार, विष्टले २८५७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार हिमाल कार्कीले ६८०४ र एमाले उम्मेदवार विनोद श्रेष्ठले ३५५७ मत ल्याएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रुपा महर्जन श्रेष्ठले २२६८ मत ल्याएकी छन् । राप्रपाका बलराम थापाले १८५८ मत पाएका छन् ।

यस क्षेत्रमा अब करिब १४ हजार मत गणना हुन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *