प्रतिनिधि सभा सदस्य निर्वाचनः कांग्रेसका दुवै महामन्त्री भारी मतले पराजित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे प्रतिनिधिसभा चुनाव २०८२ मा पराजित भएका छन् ।

काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा महामन्त्री पौडेलले ९ हजार १५९ मत ल्याएर दोस्रो भए । उनी पोखरेलसँग २१ हजार ५७८ मतान्तरले पराजित भएका थिए ।

त्यस्तै, मोरङ– ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले अर्का कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पराजित गरेका छन् ।

कांग्रेस महामन्त्री घिमिरेलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै राजवंशी विजयी भएका हुन् । उनले ३६ हजार ८५९ मत प्राप्त गर्दा घिमिरेले १२ हजार १४७ मत ल्याएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ