३९ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा २९, कांग्रेस ५, नेकपा २, एमाले २ स्थानमा विजयी

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गत बिहीबार (फागुन २१) १६५ क्षेत्रमा भएको मतदानको नतिजा आउने क्रम जारी छ ।

मतगणना भइरहेकामध्ये ३९ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

३८ मध्ये २९ क्षेत्रमा रास्वपा, पाँचवटामा नेपाली कांग्रेस, २ स्थानमा नेकपा (एमाले), २ स्थानमा नेकपा विजयी भएका छन् । स्वतन्त्र उमेदवार महाविर पुन म्याग्दीमा विजयी भएका छन् ।

बाँकी अन्य क्षेत्रमा मतगणना जारी छ ।

तीमध्ये ९३ क्षेत्रमा रास्वपा अग्रस्थानमा छ । १० वटा क्षेत्रमा कांग्रेस, नेकपा ११, एमाले १०, श्रम संस्कृति ५, राप्रपा १ स्थानमा अघि छ ।

निर्वाचन आयोगका अनुसार, विभिन्न चारवटा क्षेत्र धनुषा–१, मुगु, संखुवासभा–१ र गोरखा–१ मा मतगणना सुरु हुन सकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ