गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न राप्रपाको माग

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ ।

राप्रपाका महामन्त्री शरदराज पाठकले सामजिक सञ्जालमा स्टाटस लेख्दै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, “गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आम जनताबाट लुकाउने र सेलेक्टिभ जस्टिसको दुराशय हो भने त्यो ननसेन्स् हो र पूर्णतः अस्वीकार्य छ । प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्, आम जनताले थाहा पाउनुपर्छ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ