रास्वपा वरिष्ठ बालेन शाहद्वारा चुनाव खर्च विवरण निर्वाचन आयोगमा पेश

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

उनले झापा ५ क्षेत्रको प्रतिनिधि सभा निर्वाचनमा कति रकम खर्च भएको जानकारी आयोगलाई प्रदान गरेका हुन्।

विवरणअनुसार बालेनले उक्त चुनावमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेका छन्।

बालेन फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ