निर्वाचन आचारसंहिता आज रातिदेखि हट्दै

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य चुनावका लागि लागू गरेको ‘निर्वाचन आचारसंहिताकाे अवधि आज रातिदेखि सकिँदै छ ।

आयोगले गत ४ माघ राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने जानकारी दिएकाे हाे । आ

ज राति १२ बजेदेखि आचारसंहिता लागू नहुने निर्णय गरिएकाे आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

गत ११ माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो ।

आयाेगकाे गत ४ माघकाे निर्णयअनुसार त्यसैराति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो ।

उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ