नेकपा एमालेले छान्यो समानुपातिक सांसद (नामावलीसहित)

Thankot Times

थानकोट ।

नेकपा (एमाले)ले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ ।

शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

“पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । सबैलाई हार्दिक बधाई छ,” उनले भनेका छन् ।

नामावली पढ्नोस्–
जनजाति (चारजना)
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापामगर
– कुलभक्त शाक्य

खसआर्य (पाँचजना)
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरुप्रसाद बराल
– पुष्पराज कँडेल

थारू (एकजना)
कृपाराम राना (पुरुष)

दलित (दुईजना)
महिला :
– विष्णुमाया विक
– नीता घतानी

मधेसी (तीनजना) 
महिला :
– रिङ्ला यादव
– यशोधाकुमारी यादव
पुरुष :
– चन्द्रेश्वर मण्डल

मुस्लिम  
महिला :
– साजिदा सिद्दिकी

छनोट गरिएको नाम निर्वाचन आयोगमा बुझाइनेछ । आयोगले विवरण रुजु गरेर ठिक भए सांसद निर्वाचित गरी प्रमाणपत्र दिनेछ ।

यही फागुन २१ गते भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ ।

प्रत्यक्षतर्फ एमालेका नौ उमेदवार विजयी भएका थिए । यो सँगै प्रतिनिधि सभामा एमालेका कुल २५ सांसद हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *