नेकपाबाट समानुपातिकतर्फ को-को सिफारिस भए?
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंग्याएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले छलफल गरेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएका हुन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा नेकपाले ९ सिट पाएको छ।















