चेकपोष्ट बस्दै आएका एमाले नेता ललितपुरबाट समातिए, यस्तो छ पक्राउ पर्नुको कारण

Thankot Times

थानकोट ।

नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल चन्द्रागिरि नगरपालिका चेकपोष्ट बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ