काठमाडौंमा उपलब्ध सांसदहरू ११ बजे सिंहदरबारमा उपस्थित हुन रास्वपाको सर्कुलर

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच सिंहदरबारमा छलफल हुने भएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे अनौपचारिक छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् ।

उनका अनुसार काठमाडौंमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ ।

छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ