नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दै छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका विभिन्न एजेन्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *