मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने उक्त बैठकमा नियमित प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ।

आजको बैठकमा संसद्को आगामी बजेट अधिवेशन बोलाउने विषयसमेत एजेन्डामा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *