बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय, ५ अर्ब बचत हुने

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने भएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी साउन १ गतेबाट लागु हुने गरी प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको हो ।

प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहने छन् ।

मन्त्रालयको सङ्ख्या घट्दा प्रदेश सरकारले वार्षिक चालु तर्फ ५ अर्ब सार्वजनिक खर्च कम गर्ने अनुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *