प्रेस काउन्सिल र पीएसबीको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान
थानकोट ।
प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गदै दरखास्त आह्वान गरेको हो ।
यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ ।
तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ ।
बिहीबारको गोरखापत्र दैनिकमा यी दरखास्तको सूचना प्रकाशित भएको हो ।











