चन्द्रागिरि नगरमा आजदेखि स्क्राबल कार्यशाला सुरु हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुदशाखाको संयोजकत्वमा चन्द्रागिरि नगरका विभिन्न विद्यालयका शिक्षण शिक्षक तथा विद्यार्थीहरूका लागि आजदेखि स्क्राबल तालिम हुँदैछ ।

दुई दिने यस कार्यशाला तथा प्रतियोगिता सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा सञ्चालन हुने चन्द्रागिरि स्क्राबल संयोजक शारदा श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा चन्द्रागिरि नगर क्षेत्रका शिक्षक तथा विद्यार्थी गरि करिब ६० जना सहभागी हुने आयोजकको भनाइ छ ।

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ