ढुङ्गाअड्डानजिकै कीर्तिनगरमा मीनबहादुर गुरुङले दिएको जग्गामा मुख्यालय नबनाउने एमालेको निर्णय

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाको सीमा क्षेत्र कीर्तिनगरमा नेकपा (एमाले)ले आफ्नो पार्टीको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा नबनाउने भएको छ ।

गत सोमबार एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा व्यवसायी गुरुङले दान दिएको जग्गामा नभई बल्खुस्थित एमालेको नाममा रहेको जग्गामै पार्टी कार्यालय भवन बन्ने प्रस्ताव गरेका छन् । पाेखरेलले अघिल्लाे दिन बल्खु पुगेर एमालेकाे पार्टी कार्यालय बल्खुमै बन्छ भनेका  थिए ।

उक्त प्रस्तावमा जग्गा दान गर्ने गुरुङ परिवारलाई धन्यवाद दिने प्रस्तावसमेत राखिएको छ । चर्चित सपिङ मल भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङले १० असोज २०८१ मा १० रोपनी जग्गा दिने र त्यसमा भवनसमेत बनाइदिने घोषणा गरेका थिए ।

त्यो बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्याससमेत गरेका थिए । उक्त प्रकरणले एमालेभित्र तीव्र विवाद निम्त्याएको थियो । व्यापारीले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउनु हुँदैन भन्ने आवाज उठेपछि केही नेताहरूलाई कारबाहीसमेत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *